६ महिनामा ५ करोड २३ लाखको गुट्खा र खैनी निर्यात

तु खबर संवाददाता
२०८० माघ १३,शनिबार १५:५७

काठमाडौं । नेपालबाट ६ महिनाको अवधिमा ५ करोड २३ लाख ४७ हजार रुपैयाँ बराबरको गुट्खा र खैनी निर्यात भएको छ ।

नेपालबाट भन्सार विभागको तथ्यांकअनुसार, चालु आर्थिृक वर्ष २०८०–०८१ को गत साउन महिनादेखि पुस महिनासम्मको अवधिमा सो रकम बराबरको गुट्खा र खैनी निर्यात भएको हो ।

यस अवधिमा ८५ हजार ८९६ किलोग्राम खैनी, गुट्खा र जर्दा निर्यात भएको छ ।

नेपालबाट विश्वका ५ वटा देशमा यी वस्तुको निर्यात हुँदै आइरहेको छ । जसमध्ये मलेसियामा ३ करोड ८ लाख ७० हजार रुपैयाँको निर्यात भएको छ ।

यसैगरी, इण्डोनेसियामा १ करोड ६५ लाख रुपैयाँको र जापानमा ३५ लाख तथा इजरायलमा १० लाख रुपैयाँको निर्यात भएको तथ्यांकमा उल्लेख गरिएको छ ।