अध्यक्ष लामाद्वारा हेटौंडामा दूधका परिकारको बिक्री केन्द्र उद्घाटन

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बुधबार हेटौंडामा दूधका परिकारको बिक्री केन्द्रको उद्घाटन गरेका छन् ।
मकवानपुरगढीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले खरिद गरेको दूध र दूधबाट बनेका विभिन्न परिकारका बिक्री वितरणका लागि हेटौंडा–२, पुरानो मकवानपुर रोडमा उक्त केन्द्रको उद्घाटन गरिएको हो ।
सो क्रममा अध्यक्ष लामाले सहकारीले हेटौंडामै आएर उपभोक्ताका लागि दुग्धजन्य पदार्थहरू उपलब्ध गराउनु खुशीको कुरा भएको बताए । उनले आफ्नो पालिकामा रैथाने वालीको प्रर्वद्धनका लागि आफू लागिपरेको उल्लेख गरे ।
यस्तै, सहकारीका अध्यक्ष अर्जुन दाहालले हेटौंडाका उपभोक्ताहरूलाई सस्तो र गुणस्तरीय परिकार खुवाउने उद्देश्यले उक्त केन्द्र खोलिएकोे जानकारी दिए ।
उक्त बिक्री केन्द्रमा दूध, दही, पनिर, नौनी, मोही, खुवा, छुर्पीसमेत खुद्रा तथा थोक मूल्यमा बिक्री सुरु गरिएको जनाइएको छ ।