मकवानपुरको सीमभञ्ज्याङमा हल्का हिमपात

तु खबर संवाददाता
२०८० माघ १९,शुक्रबार ०९:०८
file-photo

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकास्थित दामन तथा सीमभञ्ज्याङ क्षेत्रमा बिहीबार साँझ हल्का हिमपात भएको छ ।

सीमभञ्ज्याङ क्षेत्रमा साँझदेखि सामान्य हिमपात भएको ईलाका प्रहरी कार्यालय थाहानगरले जनाएको छ ।

दामन सीमभञ्ज्याङ क्षेत्रमा हिमपात भएपछि स्थानीय किसान, होटल व्यवसायी खुशी भएका छन् ।

यद्यपी हिमपातका कारण सवारी यातायात अबरुद्ध बनेको छैन । हरेक वर्ष हिउँदमा हिमपात हुने उक्त स्थानमा यस वर्ष ढिलोगरी हिउँ परेको हो ।