मकवानपुरगढीमा सोनाम ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रम हुँदै

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ स्थित कुर्ले दमार चौरमा सोनाम ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
नेपाल तामाङ घेदुङ मकवानपुर गढीगाउँपालिका समितिको बिहीबार बसेको बैठकले ल्होछार कार्यक्रम गर्ने निर्णय गरेको हो ।
तामाङ सँस्कार रितिरीवाजको जर्गेना गर्ने उद्देश्यले ल्होछार कार्यक्रमको आयोजना गर्न लागिएको समितिले जनाएको छ ।
ल्होछार कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तती रहनुका साथै तामाङ सँस्कृति झल्काउने तामाङ सेलो नृत्य, तामाङ सेलो गायन, बोेम्बो झाक्री, लामा ताम्बाको प्रस्तुती रहने आयोजक समितिले जनाएको छ ।
तामाङ समुदायको मुख्य परिकारहरुको स्थानीयहरुले स्टल राखी प्रर्दशन समेत गर्नेछ ।
यसैगरी, सोनाम ल्होछार कार्यक्रममा ४ देखि ५ हजार दर्शकशरुले अनुगमा गर्ने अनुमान गरिएको छ । कार्यक्रमको लागि ८ देखि १० लाख खर्च हुने अनुमान गरिएको उक्त पालिका घेदुङका अध्यक्ष सानो कान्छा थिङले जानकारी दिए ।
यस्तै, बुधबार गाउँपालिकाको समितिमा ११ सदस्यहरुलाई गठन गरिएको थियो । सो समितिको बिहिबार बसेको बैठकमा ६ जना सदस्यहरुलाई मनोनित गरिएको छ ।
थप गरिएको सदस्यहरुमा दिप कुमारी गोले, विक्रम लुङ्बा, हेमकुमार तितुङ, सुर्जा तामाङ, सरिता घलान, विन्दु माया तितुङ रहेका छन् । यससँगै उक्त समितिमा १७ जनाको कार्यसमिति निर्माण गरिएको हो ।