आजको मौसमः केही प्रदेशमा हिमपातको सम्भावना

तु खबर संवाददाता
२०८० माघ २०,शनिबार ०८:५३
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार, सुदूर पश्चिम प्रदेशको एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले शनिबार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने उल्लेख गरेको छ ।

महाशाखाले चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।