जापानद्वारा २४० वटा जुडो पोसाक हस्तान्तरण
![](https://www.tukhabar.com/wp-content/uploads/2024/02/jodo-scaled-e1707214453502.webp)
काठमाडौं । जापान सरकारले नेपाल जुडो संघलाई २४० वटा जुडो पोसाक हस्तान्तरण गरेको छ ।
नेपालका लागि जापानका राजदूत किकुता युताकाले नेपाल जुडो संघलाई २४० वटा जुडो पोसाक हस्तान्तरण गरेका हुन् ।
काठमाडौंस्थित जापानी राजदूतावासमा भएको कार्यक्रममा उक्त पोसाक हस्तान्तरण गरिएको हो ।
जापान सरकारको खेलकुद कूटनीति अभिवृद्धि परियोजनाअन्तर्गत अखिल जापान जुडो महासंघ र गैरनाफामुलक संस्था जुडोजले उक्त पोशाकहरु उपलब्ध गराएको हो ।