माओवादीको स्थायी समिति र केन्द्रीय समितिको बैठक आह्वान

तु खबर संवाददाता
२०८० माघ २५,बिहीबार १५:०४

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति र केन्द्रीय समितिको बैठक आह्वान गरिएको छ ।

मस्यौदा विधान २०८० माथि छलफल गर्न केन्द्रीय समिति र स्थायी समिति बैठक आह्वान गरिएको पार्टीका सचिव गणेश शाहले जानकारी दिए ।

आगामी फागुनको पहिलोसाता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीका लागि बैठक बस्न लागिएको उनको भनाई छ ।

उनका अनुसा, यही शुक्रबार र शनिबार दिउँसो ३ बजे स्थायी समिति बैठक बस्नेछ भने आइतबार र सोमबार केन्द्रीय समितिमा विधान मस्यौदाबारे छलफल हुनेछन् ।

अधिवेशनको तयारीको विषयमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरूसँग छलफल गरेका थिए ।