आज यी प्रदेशमा हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज केही प्रदेशमा हिमपातको सम्भाना रहनुका साथै तराईमा हुस्सु लाग्ने जनाएको छ ।
महाशाखाले आज कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना र तराईमा हुस्सु लाग्ने जनाएको हो ।
महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव र त्यसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।