हेटौंडामा दुई दिने खेलकुद पत्रकारिता तालिम सम्पन्न
![](https://www.tukhabar.com/wp-content/uploads/2024/02/htd-patrakarita-talim-e1707477073825.jpg)
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित दुई दिने खेलकुद पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको छ ।
जिल्ला फुटबल संघ मकवानपुरको सहयोग तथा खेलकुद पत्रकार मञ्च मकवानपुरको आयोजनामा बिहीबारबाट सुरु भएको तालिम सम्पन्न भएको हो ।
उक्त तालिमको एन्फा केन्द्रीय सदस्य एवम् जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिकाराम लामाले उद्धाटन गरेका थिए ।
तालिममा ३७ जना पत्रकारहरु सहभागी थिए । उनीहरुलाई तालिमपश्चात प्रमाणपत्र वितरण गरिएको थियो ।
तालिमको पहिलो दिन फुटबल खेलका बिज्ञ सन्जिव मिश्रले फुटबल खेलको नियम, प्राबिधिक ज्ञान, फुटबलको सर्बव्यापी मान्यता लगायतका बियमा सहजीकरण गरेका थिए ।
यस्तै, दोस्रो दिन आज पत्रकार प्रकाश तिमल्सिना, गोल नेपाल डटकमका सि.इ.ओ बिक्रम थापा, रेडियो कान्तिपुरका सम्पादक पवन आचार्यले फुटबल खेलको रिपोर्टिङ, खेल पत्रकारिताबारे अनुभव र चुनौती लगायत खेल पत्रकारिताका समग्र विषयमा सहजीकरण गरेका थिए ।
समापन कार्यक्रम खेलकुद पत्रकार मञ्च मकवानपुरका अध्यक्ष राजन दाहालको सभाध्यक्षतामा भएको हो ।
कार्यक्रममा फुटबल संघ मकवानपुरका अध्यक्ष टिकाराम लामा, उपाध्यक्ष युवराज लामा, खेलकुद पत्रकार मञ्च मकवानपुरका उपाध्यक्ष सुवास बिडारीलगायतको सहभागिता रहेको थियो ।