मकवानपुरको बागमतीले जनयुद्ध दिवसमा दिएको सार्वजनिक विदा बदर

तु खबर संवाददाता
२०८० फाल्गुन १,मंगलवार ०९:३६

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा दिएको सार्वजनिक विदा बदर भएको छ ।

उच्च अदालत पाटन हेटौंडा इजलासले उक्त पालिकाले सो अवसरमा दिएको विदा बदर गरिदिएको हो ।

सर्वोच्च अदालतको आदेश विपरित बागमती गाउँपालिकाले फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

उक्त निर्णयबिरुद्धमा अदालतमा दायर गरेको उत्प्रेसणको रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायधिश एमुना भट्टराइको एकल इजलासले बागमती गाउँपालिकाको सार्वजनिक विदा तत्कालका लागि कार्यन्वयन नगर्नु÷नगराउनु भनी अन्तरिम आदेश दिनु भएको हो ।