दुई जना मृत अवस्थामा फेला
काठमाडौं । विभिन्न स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार, देशको सोलुखुम्बु र कास्की जिल्लाको छुट्टाछुट्टै स्थानबाट दुई जना अवस्थामा फेला परेको हो ।
सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–८ तल्लो सिगानेस्थित खेतबारीमा मंगलबार एक जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा सोही नगरपालिका–९ लाप्चा बस्ने ३५ वर्षीय प्रेमा तामाङ रहेको प्रहरीले जनाएको छ ।
यता कास्कीको अन्नपूर्ण गाउँपालिका–१ लेवाडे बस्ने ४३ वर्षीय नारायण भण्डारी मृत अवस्थामा फेला परेका छन् । भण्डारी सोही ठाउँस्थित भिरमा मङ्गलवार मृत अवस्थामा फेला परेका हुन् ।
ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।