पेट्रोलियम पदार्थको भाउ बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगम सञ्चालक समितिको बिहीबार बेलुका बसेको बैठकले डिजेल, पेट्रोल, मट्टितेलको भाउ बढाएको हो ।
निगमले डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले भाउ बढाएको हो । भारतीय आयल कर्पोरेसनबाट प्रतिलिटर १.५६ रुपैयाँले मूल्य बढेर आएपनि निमगले प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको हो ।
निगमले शुक्रबार विहान १ बजेदेखि नै लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको हो ।
निगमले हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत नै रहेको जनाएको छ ।