नेपालबाट ८ अर्बको चिया र कफी निर्यात

तु खबर संवाददाता
२०८० फाल्गुन १०,बिहीबार १५:४६

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ७ महिनाको अवधिमा नेपालबाट ८ अर्ब रुपैयाँ बराबरको चिया र कफी निर्यात भएको छ ।

भन्सार विभागका अनुसार, चालु आर्थिक वर्ष २०८०÷०८१ को गत साउन महिनादेखि माघ महिनासम्ममा ८ अर्ब ७ करोड ८९ लाख रुपैयाँको चिया र कफी निर्यात गरेको हो ।

नेपालमा सात महिनामा ६ अर्ब ५६ करोड ८३ लाखको सो वस्तु आयात गरेको छ । सरकारले सात महिनामा १ अर्ब ५१ करोड ५ लाख रुपैयाँको व्यापार नाफा भएको छ ।

सो कारोबारबाट १ अर्ब ७५ करोड ६७ लाख राजस्व संकलन गरेको जनाइएको छ ।

नेपालबाट अमेरिका, जापान, चीन, भारतलगायत मुलुकमा चिया र कफी निर्यात हुँदै आएको छ ।