इलाम र बझाङमा वैशाख १५ मा उपनिर्वाचन हुने
काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङ जिल्लामा आगामी साल २०८१ को वैशाख १५ मा उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।
आयोगको आइतबार बसेको बैठकले कोशी प्रदेशको इलाम–२ र मा सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा उपनिर्वाचन गराउने निर्णय गरेको हो ।
इलाम–२ मा २०७९ मा भएको निर्वाचनमा एमालेका नेम्वाङ निर्वाचित भएका थिए भने बझाङ–१ को प्रदेशसभामा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए ।
आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको परामर्श समेतको आधारमा उपनिर्वाचन गर्ने गरी तिमी घोषणा गरेको हो ।
स्व.नेम्वाङको गत भदौ २६ गते हृदयाघातका कारण निधन भएको थियो भने सिंहको असार २५ मा सवारी दुर्घटनामा परेर निधन भएको थियो ।