माओवादीका ३ मन्त्रीले निरन्तरता पाउने

तु खबर संवाददाता
२०८० फाल्गुन २३,बुधबार १५:२४
पुरानो तस्बिर : तु खबर डटकम

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने मन्त्रीहरुको नाम तय गरेको छ ।

माओवादी केन्द्रका अनुसार यसअघि मन्त्रिपरिषदमा रहेका ३ जनाले निरन्तरता पाउने भएका छन् । नयाँ समिकरणमा नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बन्नेछन् भने वर्षमान पुन अर्थमन्त्री बन्नेछन् ।

त्यस्तै सञ्चार मन्त्रीका रूपमा फेरि रेखा शर्मालाई पठाइने भएको छ भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका रूपमा शक्ति बस्नेतले निरन्तरता पाउँदा हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् ।