लोसपाद्वारा पदाधिकारीबैठक आह्वान
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पदाधिकारी बैठक आह्वान गरेको छ । सो पार्टीले केन्द्रीय समिति बैठकको तयारीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको हो ।
बैठक महोत्तरीमा फागुन ३० गतेदेखि चैत २ गतेसम्म बस्ने लोसपाका महासचिव डा.सुरेन्द्र झाले जानकारी दिए ।
उनका अनुसार, बैठकले पार्टीको संरचना, संगठन विस्तार, विधान, भातृ संगठन, राजनीतिक दस्तावेजलगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।