बिहानै भूकम्पको धक्का महसुस
काठमाडौं । कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहानै भूकम्पको धक्का महसुस भएको छ ।
बिहान ७ः३० बजेको समयमा ४ दशमलव ० रेक्टर स्केलको भूकम्प धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो ।