बागमती प्रदेश सभाको बैठकः विशेष समितिको प्रतिवेदन पेश

तु खबर संवाददाता
२०८० फाल्गुन २९,मंगलवार १६:५६

मकवानपुर  । बागमती प्रदेश सभाको बैठक आज अपराह्नमा बस्यो ।

उक्त बैठकमा बजेट तथा कार्यक्रम विशेष समितिको संयोजक गोविन्दप्रसाद लम्सालले उक्त विशेष समितिको प्रतिवेदनको प्रस्ताव टेबुल गरेका थिए ।

त्यसैगरी सोही बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश हस्तकला ग्रामको स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० को दफाबार छलफलको लागि उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाइयोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो ।

सो बैठकले उक्त प्रस्तावलाई उद्योग, पर्यटन, वातावरण समितिमा पठाउन अनुमति प्रदान गरको छ ।

सभामुख पाठकले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माको कार्यालयबाट मुख्यमन्त्री जम्कट्टेललाई कार्यभार सम्हाल्ने विषयको पत्र प्राप्त भएको जानकारी गराए ।

त्यसैगरी प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले अर्को फागुन ३० गते अपराह्न ३ बजे बस्ने गरी आजको बैठक बैठक स्थगित गरे ।

प्रदेश सभाको भोलि फागुन ३० गते बस्ने बैठकमा विशेष समितिको प्रतिवेदनमाथि दफावार छलफल गरी पारित गर्ने कार्यसूचि रहने प्रदेश सभाका सभामुख एवम् कार्यपरामर्श व्यवस्थापन समितिका अध्यक्ष भुवन कुमार पाठकले बताए ।