अस्ट्रेलियामा सुन खानी भत्किँदा एक जनाको मृत्यु

सिड्नी । अस्ट्रेलियामा सुन खानी भत्किँदा बिहीबार बिहान एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मेलबर्न नजिकको बलराटमा रहेको भिक्ट्री मिनरल्सले चलाएको उक्त खानीमा ५०० मिटरको पत्थरको थुप्रो खस्दा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा अन्दाजी ३७ वर्षीय एक पुरुष रहेका छन् । खानीमा काम गरिरहेका २९ जना मानिसहरूले नजिकै रहेको ‘सेफ्टी पड’ मा आश्रय लिएको बताइएको छ ।
घटना भएको चार घण्टापछि घाइतेको उद्धार गरिएको थियो । यस घटनाको अनुसन्धान भइरहेको छ ।–एजेन्सी