अनेरास्ववियु मकवानपुरको कार्यालय स्थापना

तु खबर संवाददाता
२०८० चैत्र १,बिहीबार १७:३८

मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मकवानपुरको बिहीबार कार्यालय स्थापना गरिएको छ ।

हेटौंडा– ५, स्थित नेकपा एमाले पार्टी कार्यालयमा (अनेरास्ववियु) अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर जिल्ला कमिटीको कार्यालय स्थापना गरिएको हो ।

उक्त कार्यालयको अनेरास्ववियु केन्द्रिय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज भुवन मैनालीले एक कार्यक्रमबीच रिबन काटेर स्थापना गरेका हुन् ।

कार्यक्रम अनेरास्ववियु मकवानपुरका अध्यक्ष अमृत बर्तौलाको सभाध्यक्षतामा भएको हो ।