सप्तकोशी नदीबाट डुंगामा लैजाँदै गरेको अवैध गाँजा बरामद
काठमाडौं । सप्तकोशी नदीबाट डुंगामा लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराले अवैध गाँजा बरामद गरेको छ ।
मंगलबार राति साढे १ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तोकोसी नदीबाट डुंगामा लैजाँदै गरेको अवस्थामा १६४ किलो गाँजा बरामद गरिएको हो ।
५/६ जनाको समूहले डुंगाबाट गाँजा निकाल्दै गरेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएको गाँजा इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रहरीका अनुसार, गाँजा तस्करीमा संलग्न व्यक्तिहरू भने भागेको र उनीहरुको खोजीकार्य जारी छ ।