राष्ट्रिय सभा: कार्यव्यवस्था समितिका लागि नाम मनोनयन
काठमाडौं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका लागि सात जनाको मनोनयन भएको छ ।
नाम मनोनयन हुनेहरुमा क्रमशः आनन्दप्रसाद ढुङ्गाना, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंह रहेका छन् ।
राष्ट्रिय सभाको बुधबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरुको नाम राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका लागि मनोनयन गर्न प्रस्ताव गरेका हुन् ।
राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३ को उपनियम १ बमोजिम कार्यव्यवस्था परामर्श समितिमा रहेका सदस्यहरूको नाम मनोनयन गरिएको थियो ।