प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा निस्किए

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापा आजदेखि जिल्ला भ्रमणमा निस्किएका छन् ।
मकवानपुरको हेटौंडादेखि बर्दियाको गुलरियासम्म आयोजना हुने प्रशिक्षण कार्यक्रमका लागि उनी जिल्ला भ्रमणमा निस्किएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
कार्यक्रम तालिका अनुसार, चैत्र १६ गते मकवानपुरको हेटौंडामा, १७ गते चितवन र नवलपुरमा, १८ गते परासी र रुपन्देहीमा, १९ गते कपिलवस्तुमा र २० गते बाँके र बर्दियामा अगुवा कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रम तय भएको महामन्त्री बर्तौलाले बताए ।
प्रशिक्षणमा अध्यक्ष थापाले मुलुकको वर्तमान अवस्था, पार्टीको भावी कार्यक्रम र कार्यदिशा,सङ्गठन सुदृढीकरण सङ्गै सक्रिय सदस्यता वितरण अभियान, आन्दोलनको तयारीका बारेमा प्रशिक्षण दिनेछन् ।
उक्त जिल्ला भ्रमण टोलीमा पार्टीका महामन्त्री राजाराम बर्तौला, मध्यमाञ्चल क्षेत्र समन्वय समितिका अध्यक्ष माधव खत्री, सहायक महामन्त्रीद्वय रामसुन्दर विष्ट र डम्बर प्रसाद शिवाकोटी,केन्द्रिय सदस्य पुरु दाहाल र जनबर्गिय संगठनका अध्यक्षहरू रहने जनाइएको छ ।