वनमा लागेको डढेलोमा परेर महिलाको मृत्यु
डोटी । डोटीमा वन लागेको डढेलोमा परेर गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीया चन्द्रादेवी भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रहरीका अनुसार, बिहीबार पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न गएकी भण्डारी वनमा लागेको आगोले जलर गम्भीर घाइते भएकी थिइन् ।
घाइते उनलाई सुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको थियो । उनको निसर्ग अस्पतालमा आज बिहान १ बजे मृत्यु भएको डोटी प्रहरीले जनाएको छ ।
उनीसँगै कुलो खन्न २५ जनाको समूह उक्त वनमा गएको थियो ।