कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन् ।
बुधबार बसेको प्रदेश सभाको तेस्रो अधिवेशन बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा दिएको घोषणा गरेका हुन् ।
संसद बैठकलाई सम्बोधन गरेर राजीनामा दिएका मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष राजीनामा पत्र बुझाउने छन् ।