सुनसरीमा दुई समूहबीच झडप, ३१ राउण्ड हवाई फायर
विराटनगर । सुनसरीको भुटाहामा दुई समूहबीच झडप भएको छ । उक्त झडप नियन्त्रण गर्न प्रहरीले ३१ राउन्ड हवाई फायर गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
झडपमा परेर स्थानीय चार जना घाइते भएका छन् । घाइते तीन जनाको विराटनगरमा र एक जनाको इनरुवा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले यसअघि हरिनगरा गाउँपालिका र देवानगंज गाउँपालिकाको १ र ७ नम्बर वडा लक्षित गर्दै निषेधाज्ञा जारी गरेको थियो ।
सो क्षेत्रमा गत चैत २२ गते एक समूहले एक युवालाई आक्रमण गरेको विषयमा विवाद बढ्दै गएको हो ।