मधेसमा प्रदेशस्तरीय सुरक्षा बैठक जारी

तु खबर संवाददाता
२०८० चैत्र २८,बुधबार १०:१०

जनकपुर । मधेस प्रदेशको जनकपुर उपमहानगरमा प्रदेशस्तरीय सुरक्षा बैठक हाल जारी छ ।

प्रदेशको सुरक्षा संरचना, शान्ति सुरक्षाको वर्तमान अवस्था लगायतका विविध विषयमा सरोकारवालसँग छलफल गर्न एक दिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएको हो ।

बैठकमा सहभागी हुन उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने मंगलबार साँझ नै जनकपुर पुगिसकेका छन् ।

गोष्ठीमा मधेसका आठै जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रमुख अधिकारीहरू, प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवाला निकायका अधिकारीहरूको सहभागिता रहेको छ ।

उक्त गोष्ठी नेपाल सरकार गृह मन्त्रालय र मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा भएको हो ।