मानव बेचबिखनको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ
काठमाडौं । मानव बेचबिखनको आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् ।
रसुवाको नौकुण्ड गाउँपालिका–१ का ५२ वर्षीय नुर्वु घले भन्ने नुर्बु स्याङबो घलेलाई मावन बेचबिखनको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई मानव बेचविखन ब्यूरोको टोलीले बुधबार बबरमहलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।
प्रहरीका अनुसार, उनीमाथि आर्थिक अवस्था कमजोर भएकी पीडितलाई कुवेतमा मासिक २८ हजार तलब दिने काममा लगाइ दिने भन्दै मिलेमतोमा भारतको नयाँदिल्लीमा पुर्याएको र उक्त स्थानबाट भिजिट भिसामा श्रीलंकाको कोलम्वोमा स्थानीय एजेन्टलाई जिम्मा लगाएको आरोप छ ।
सो घटनामा संलग्न अन्य अभियुक्तहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।