आज जुडशीतल पर्व मनाइँदै
धनुषा । आज जुडशीतल पर्व मनाइँदै छ । उक्त पर्व तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा मनाइने गरिन्छ ।
यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिने प्रचलन रहेको छ ।
विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गरिन्छ । सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य रहेको संस्कृतिविद्हरूको भनाई छ ।
सोही अवसरमा आज मीठा परिकार भोजन गर्ने परम्परा पनि रहेको छ ।