आज हेटौंडासहित यी स्थानमा विद्युत अवरुद्ध
![](https://www.tukhabar.com/wp-content/uploads/2018/07/pradhikaran-e1628474427178.jpg)
मकवानपुर । आज हेटौंडासहित कैलाश, भीमफेदी र मकवानपुरगढीका विभिन्न स्थानमा विद्युत अवरुद्ध भएको छ ।
बिहान ५ बजेदेखि बन्द भएको विद्युत साँझ ५ बजेसम्म अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्र हेटौंडाले जनाएको छ ।
विद्युत प्राधिकरण चौकीटोल सवस्टेशनमार्फत् गरिएको विद्युत र त्यस अन्तर्गत पर्ने भूटनदेवी, चौघडा, सानोपोखरा, भैंसे, एनसेल, वंशगोपाल एचआईडी र युनिलिभर फिडर अन्तर्गतका स्थानमा आज बिहानैदेखि विद्युत आपुर्ति अवरुद्ध भएको हो ।
फिडर अन्तर्गतका केही स्थानका ६६/११ के.भि ३० एम भि ए ट्रान्सफरको एस एफ सिक्स ब्रेकर बदली गर्नुपर्ने भएकोले विद्युत कतौटी हुने जनाइएको छ ।