कोशी प्रदेश सभाबाट सङ्कल्प प्रस्ताव बहुमतले पारित
विराटनगर । कोशी प्रदेश सभामाको शुक्रबार बसेको बैठकबाट सङ्कल्प प्रस्ताव पारित भएको छ ।
बैठकमा नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो ।
प्रदेश सभामा सभामुख अम्बरबहादुर बिष्टले सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
सभामुख बिष्टले उक्त प्रस्तावको पक्षमा ५२ सांसद रहेको र विपक्षमा ३ सांसद रहेका कारण बहुमतले प्रस्ताव पारित भएको सभालाई जानकारी गराएका हुन् ।
साथै उनले सङ्कल्प प्रस्ताव पारित भएसँगै प्रदेश सभाको विशेष अधिवेशन अन्त्य भएको घोषणा पनि गरे ।