अर्घाखाँचीको धारापानीमा भीषण आगलागी, २० घरगोठ जलेर नष्ट

तु खबर संवाददाता
२०८१ बैशाख ९,आईतवार ०९:४२

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा भीषण आगलागी हुँदा कम्तीमा २० घरगोठ जलेर नष्ट भएको छ ।

वनमा लागेको आगो हावाहुरीका कारण शनिबार दिउँसो १ बजेतिर बस्तीमा सल्किएर आगलागी हुँदा झण्डै २० घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रहरीका अनुसार, भूमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्कलगायतका गाउँमा भीषण आगलागी भएको हो ।

आगलागीबाट मानवीय क्षति नभए पनि पशुचौपाया मरेको प्रहरीले जनाएको छ ।