मन्त्रिपरिषद् बैठक आह्वान
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक आज बस्ने गरी आह्वान गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सोमबार बिहान १० बजे सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गरेका हुन् ।
सो बैठकमा मंगलबारबाट हुने कतारका राजा अमिरको नेपाल भ्रमणका बारेमा छलफल गरिने मुख्य एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यस्तै, बैठकले संघीय संसद्को बजेट अधिवेशन आह्वानका लागि समेत सिफारिस गर्ने जनाइएको छ ।