राप्रपा नेपाल मकवानपुरमा थप चार जना मनोनित

तु खबर संवाददाता
२०८१ बैशाख १०,सोमबार १०:१२

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल मकवानपुरमा थप चार जना सदस्य मनोनित भएका छन् ।

आइतबार बसको पार्टी जिल्ला कार्यसमितिको बैठकले रिक्त रहेको पदमा चार जनालाई मनोनित गरेको पार्टीका सचिव भृगु कार्कीले जानकारी दिए ।

मनोनित हुनेहरुमा क्रमशः प्रहलाद बानियाँ, इन्दिारा पाठक, गीता सापकोटा र भगवान बर्तौला रहेका छन् ।

उनीहरुलाई राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरु प्रसाद सापकोटाले रिक्त रहेको पदमा मनोनित गरेका हुन् ।

तीमध्ये बानियाँ र पाठकलाई सह–कोषाध्यक्ष पदमा मनोनित गरिएको छ भने सापकोटा र भगवान बर्तौला सदस्य पदमा मनोनित गरिएको छ ।

यसअघि नै ४० सदस्यीय जिल्लास्तरीय पार्टी समिति गठन भएपनि उक्त पदहरु रिक्त रहेको थियो । मनोनित हुनेहरुको पद आगामी महाधिवेशनसम्म रहनेछ ।

राप्रपा नेपालले आगामी फागुन महिनामा अधिवेशन गर्ने गरी तयारी गरेको छ ।