सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

झापा । झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च ९३२९ नम्बरको जीप एकापसमाठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार, मृतकहरुको सनाखत हुन सकेको छैन ।
जीप चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिइ घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।