कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन् ।
बिहीबारको प्रदेश सभामा कँडेलले २३ मत प्राप्त गरेका हुन् । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३६ सांसद उपस्थित रहेका थिए ।
जसमध्ये विश्वासको मतको पक्षमा २३, विपक्षमा १२ र १ मत तटस्थमा परेको छ ।
कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । कांग्रेसका एक सांसद निलम्बनमा परेका छन् ।
यसैगरी राप्रपा, एकीकृत समाजवादीका एक÷एक र स्वतन्त्र एक सांसद रहेका छन् ।
आजको बैठकमा कांग्रेसका तीन सांसद् उपस्थित भएनन् । राप्रपा तटस्थ बसेको छ ।