बझाङमा एमालेका भण्डारीले लिए अग्रता

तु खबर संवाददाता
२०८१ बैशाख १६,आईतवार १७:०४

काठमाडौं । बझाङको प्रदेश सभा क्षेत्र नं. १ उपनिर्वाचनको मत गणनामा नेकपा एमालेका दमन भण्डारीले अग्रता लिएका छन् ।

२ हजार ८२२ मत गणना हुँदा भण्डारीले १ हजार ३०३ मत प्राप्त गरी अग्रता कायम गरेका हुन् ।

भण्डारीलाई पछ्याइरहेका नेपाली कांग्रेसका अभिषेक सिंहले ६ सय ५६ प्राप्त गरेका छन् ।

यसैगरी, तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनक बुणाले ४ सय ६१ मत, नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ३ सय ६९ मत र राप्रपाका किशोर खड्काले १८ मत प्राप्त गरेका छन् ।