बझाङ मतगणनाः कांग्रेसलाई पछि पार्दै दोस्रो स्थानमा माओवादी

तु खबर संवाददाता
२०८१ बैशाख १६,आईतवार १८:५३

काठमाडौं । बझाङ प्रदेश सभा १ ‘क’ को मतगणना हाल जारी छ । हालसम्म भएको मतगणना अनुसार नेपाली कांग्रेसलाई पछि पार्दै नेकपा माओवादी केन्द्रले दोस्रो स्थान हाँसिल गरेको छ ।

४ हजार २१५ सदर मतमध्ये नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ९९८ मत प्राप्त गर्दै कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहलाई तेस्रो स्थानमा पुर्याएका हुन् । सिंहले ९५५ मत प्राप्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार, नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायमै राखेको छन् । उनले १ हजार ५९३ मतसहित पहिलो स्थान कायमै राखेका हुन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ५९५ मत प्राप्त गरेका छन् ।

बझाङ प्रदेश सभा क्षेत्र नं. १ मा आइतबार दिउँसोदेखि मतगणना सुरु भएको थियो ।