झापामा एक युवतीमाथि गोली लागेको आशंका
काठमाडौं । झापामा एक युवतीमाथि गोली लागेको आशंका गरिएको छ ।
कक्षा १२ को परीक्षा दिएर फर्कँदै गरेकी एरिना अधिकारीमाथि गोली लागेको आशंका गरिएको झापा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, स्थानीय हिमालय माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्कँदै गरेकी १८ वर्षीया उनलाई गोली प्रहार भएका भनिएपनि पुष्टि भइसकेको छैन ।
घाइते अधिकारीलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ र घटनाको बारेमा प्रहरीले आवश्यक अनुन्धान गरिरहेको छ ।