हात्तीपाइले रोगविरुद्धको औषधी सेवनपछि वृद्धाको मृत्यु
काठमाडौं । हात्तीपाइले रोगविरुद्धको औषधी सेवनपछि झापामा एक वृद्धाको मृत्यु छ । मृत्यु हुनेमा जिल्लाको भद्रपुर–१ निवासी ६५ वर्षीया एक वृद्धा रहेको जनाइएको छ ।
झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा, र कपिलवस्तुमा हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियान जारी छ ।
उक्त अभियानको क्रममा बिहीबार हात्तीपाइले विरुद्धको औषधी सेवनपछि स्वास्थ्यमा जटिलता देखिएर ती वृद्धाको मृत्यु भएको जनाइएको छ ।
हात्तीपाइलेविरुद्धको औषधी सेवनकै कारण उनको मृत्यु भएको हो वा अन्य कारणले मृत्यु भएको हो भन्ने विषय अहिलेसम्म पुष्टि नभएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार, उक्त विषयबारे छानबिनका लागि मन्त्रालयका अतिरिक्त सचिवसहितको टोली झापा पठाइसकिएको र आवश्यक अनुसन्धान भइरहेको छ ।