विश्व बैंकबाट १३ अर्ब ३३ करोड ऋण लिँदै नेपाल सरकार
काठमाडौं । नेपाल सरकारले विश्व बैंकबाट १३ अर्ब ३३ करोड रुपैयाँ बराबरको ऋण लिने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट उपलब्ध हुने १ सय मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको छ । सरकारले यसअघि गत २०७७ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ सार्वजनिक गरेको थियो ।
विश्व बैंक नेपालको सबैभन्दा ठूलो विकास साझेदारमध्ये एक हो ।