नदीमा डुबेर दुई जनाको मृत्यु
महेन्द्रनगर । कञ्चनपुरको दोदा नदीमा शनिबार नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।
नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार, नदीमा डुबेर अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट रहेका छन् ।
घाइतेमध्ये एक जनाको धनगढी र अर्काको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
मृतक दुवै जनाको शव परीक्षणका लागि बेलौरी स्वास्थ्य केन्द्रमा राखेको जनाइएको छ ।