जलेर घाइते भएका दुई बालिकाको मृत्यु

तु खबर संवाददाता
२०८१ बैशाख २५,मंगलवार १०:२३
file photo

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एक टहरामा आगलागी हुँदा जलेर घाइते भएका एकै परिवारका ५ सदस्यमध्ये दुई बालिकाको मृत्यु भएको छ ।

आगलागीमा जलेर घाइते भएका ८ वर्षीया प्रिया गिरी र ३ वर्षीया एलिसा गिरीको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

आइतबार ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित मोबिल स्टोर गर्ने कोठामा आगलागी हुँदा सञ्जय गिरीको परिवारका ५ सदस्य गम्भीर घाइते भएका थिए ।

तीमध्ये दुई छोरीको उपचारको क्रममा सोमबार मृत्यु भएको हो । घरमुली ३५ वर्षका सञ्जय गिरी र उनकी पत्नी ३२ वर्षकी रुपा गिरीको किस्ट अस्पतालकै आईसीयूमा उपचाररत छन् ।

सञ्जयलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।

आगलागीमा उनीहरुसँगै जलेर घाइते भएका भतिज १५ वर्षका नित गिरीको अवस्था भने सामान्य छ । उनलाई जनरल वार्डमा सारेर उपचार गरिरहेको जनाइएको छ ।