रुखमा बाँधेर जलाइएको अवस्थामा पुरुषको शव फेला

तु खबर संवाददाता
२०८१ बैशाख २८,शुक्रबार १५:४८
सांकेतिक तस्वीर

काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ मा शुक्रबार रुखमा बाँधेर जलाइएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

वडा नं ४ फेदी र जिरोकिलोको बिच भागमा पूर्णरुपमा जलेको अवस्थामा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरीका अनुसार, ती पुरुषको सनाखत हुन सबेको छैन । उनको शव तारले रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला परेको हो ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।