सभामुख र उपसभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न सदस्य मनोनित

तु खबर संवाददाता
२०८१ बैशाख ३१,सोमबार १६:२२
file-photo

मकवानपुर । बागमती प्रदेश सभाको नियमित बस्ने बैठकमा सभामुख र उपसभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न पाँच जना प्रदेश सभाका सदस्यहरुलाई मनोनयन गरिएको छ ।

प्रदेश सभाको आजबाट सुरु भएको वर्षे अधिवेशनको रुपमा चिनिने बजेट अधिवेशन बैठकमा सभामुख भुवनकुमार पाठकले उनीहरुको नाम सार्वजनिकरण गरेका हुन् ।

सभामुख पाठकले प्रदेश सभाका सदस्यहरु क्रमशः उर्मिला कुमारी लामा, उर्मिला नेपाल, भारतीकुमारी पाठक, ओमकुमारी श्रेष्ठ र लक्ष्मी घिमिरेको नाम सार्वजनिकरण गरेका हुन् ।

बागमती प्रदेश सभाको अर्को बैठक जेठ १ गते अपराह्न ३ बजे बस्ने गरी आजको बैठक स्थगित गरिएको छ ।