घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
बुधबार बसेको निगम सञ्चालक समितिले बिहीबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलको मूल्य घटाएको हो ।
निगमले पेट्रोल प्रतिलिटरमा ७ रुपियाँ र डिजेल/मटितेल प्रतिलिटरमा ५ रुपियाँ मूल्य घटाएको हो ।
इन्डियन आयल कर्पाेरसन (आइओसी) ले बुधबार पठाएको नयाँ मूल्य अनुसार पेट्रोल लिटरमा ६ रुपियाँ ७५ पैसा र डिजेल लिटरमा ५ रुपियाँ ९ पैसा मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य घटाइएको निगमले जनाएको छ ।
नयाँ मूल्य अनुसार बजारमा अब पेट्रोल प्रतिलिटर १७१ रुपियाँ, डिजेल/मटितेल लिटरमा १५४ रुपियाँ पुगेको छ ।
हवाई इन्धन र खाना पकाउने एलपिजी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।