मकवानपुर दुर्घटना अपडेटः घाइतेहरुको पहिचान खुल्यो
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर १२ चौतारास्थित कान्तिलोकपथ सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा परेर घाइते भएका तीनै जनाको पहिचान खुलेको छ ।
पहिचान खुल्नेहरुमा बाराको निजगढ नगरपालिका–६ बस्ने ३० वर्षीय सन्दिप शाह, रौतहटको मौलापुर नगरपालिका–६ बस्ने १७ वर्षीय विबेक शाह र बकैया गाउँपालिका–१२ बस्ने ६५ वर्षीय प्रेमबहादुर ब्लोन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
घाइते तीनै जनालाई घटनास्थलबाट उद्दार गरी उपचारको लागि हेटौंडा अस्पतालतर्फ ल्याउँदै गरेको र प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
बिहान साढे ७ बजेको समयमा ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नं.को टाटा कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना भएको थियो ।