एम्बुलेन्सले ठक्कर दिँदा महिलाको मृत्यु

बुटवल । बुटवल–१३ झोलुङ्गे पुल नजिकैआज बिहान एम्बुलेन्सले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको लु १ झ ५३१ नम्बरको एम्बुसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, एम्बुलेन्सको ठक्करबाट बुटवल–११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको हो ।
प्रहरीले एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
उक्त एम्बुलेन्स अर्घाखाँचीदेखि बिरामी बोकेर आएको थियो ।