तनहुँको दमौलीमा आगलागी हुँदा २० सटर जलेर नष्ट

तनहुँ । तनहुँको व्यास नगरपालिका–३, दमौलीमा गएराति भीषण आगलागी हुँदा २० वटा सटर जलेर नष्ट भएको छ ।
दमौलीको मुख्यचोकमा रहेको फलफूल पसल लाइनमा भएको आगलागीले २० वटा सटर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार, आगलागीबाट मानवीय क्षति नभएपनि लाखौं मूल्यबराबरको भौतिक क्षति भएको छ ।
उक्त आगो करिब ३ घण्टाको प्रयासपछि पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।
विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको जनाइएको छ ।