गृहमन्त्री रवि लामिछाने आज हेटौंडा आउँदै
मकवानपुर । गृहमन्त्री रवि लामिछाने आज हेटौंडा आउने भएका छन् ।
गृहमन्त्री लामिछाने हेटौंडामा आजबाट सुरु हुने बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्न हेटौंडा आउन लागेका हुन् ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना हुन लागेको उक्त गोष्ठी दुई दिनसम्म संचालन हुनेछ । कार्यक्रम हेटौंडा–२, होटल एभोकाडोमा ३ बजे हुनेछ ।
गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयको प्रमुख, प्रहरी प्रमुख, अनुसन्धान अधिकृतलगायतको सहभागिता रहने जनाइएको छ ।